कुमारीले ल्यायो ‘कुमारी परिवार सुरक्षा बचत खाता’, एक खाता खोल्दा चार जनाको बीमा

Advertisement

काठमाडौं । कुमारी बैंकले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ नामक नयाँ बचत योजना सार्वजनिक गरेको छ । बैंकले आइतबार पत्रकार सम्मेलन गरी यो योजना सार्वजनिक गरेको हो ।

नेपालमै पहिलो पटक प्रस्तुत गरिएको जनाइएको यस बचत खातामा परिवारको एक सदस्य– बुवा अथवा आमाको खाता खोल्दा परिवारका चार सदस्य– आमा वा बुवा आफै तथा दुई सन्तानको बीमा हुनेछ ।

यस बचत खातामा न्यूनतम् १० हजार मौज्दात हुनुपर्नेछ भने बाणिज्य ६.५ प्रतिशत ब्याज प्राप्त हुनेछ । खातामा दम्पतीलाई १०–१० रुपियाँका दरले २० लाखसम्म आकस्मिक दुर्घटना बीमाका साथै पूर्ण शारिरीक अशक्तता बीमा समावेश गरिएको छ भने परिवारका चारै सदस्यलाई १० घातक रोगहरुका लागि पाँच लाख रुपियाँसम्मको बीमा सुविधा प्रदान गरिएको छ ।

त्यसैगरी, परिवारका चारै सदस्यलाई अस्पताल भर्ना हुनुपर्दा औषधिउपचारका लागि एक लाख रुपियाँसम्मको बीमा सुविधा पनि उपलब्ध गराइने छ । यस खातामा जम्मा ३६ लाख रुपियाँसम्मको बीमा सुविधा प्राप्त हुने बैंकका सिइओ सुरेन्द्र भण्डारीले बताए ।

Advertisement

Advertisement

Advertisement