नेपाली क्रिकेट टोली आज स्वदेश फर्कँदै

Advertisement

काठमाडौं । सिंगापुरमा भएको टी–२० विश्वकप एशिया छनोट खेलेर नेपाली टिम सोमबार राति स्वदेश फिर्ता हुने भएको छ । सिंगापुरसँग आइतबार भएको खेलमा ८२ रनले पराजित भएसँगै ग्लोबल छनोटमा पुग्न असफल भएको नेपाली टिम राति साढे १० बजे काठमाडौं आइपुग्ने जनाएको छ ।

पहिलो खेलमा कतारसँग पराजित भएको नेपाल अन्तिम खेलमा सिंगापुरसँग पराजित भएसँगै अर्को वर्ष हुने विश्वकप क्रिकेटका लागि ग्लोबल छनोट खेल्ने सपना सकिएको छ ।

नेपाली टिमका तीन जना सदस्य भने नेपाल आउने छैनन् । सोमपाल कामी र सन्दीप लामिछाने उतैबाट क्यानडामा सुरु ग्लोबल टी(ट्वान्टी खेल्न पुगेका छन् । यसैगरी प्रशिक्षक उमेश पट्वाल पनि नेपाली टिमसँगै नआउने बताएको छ ।

पटवाल उतैबाट लण्डन लागेका छन् । पटवालले लण्डनमा आफू छोरी भेट्न जान लागेको र विदा मनाएर नेपाल फर्कने जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement