पैसै नभएको बैंक खाताको चेक काट्नेलाई बैंकिङ कसुरमा जेल चलान

Advertisement

काठमाडौं । खातामा पैसा नहुँदानहुँदै पनि प्रभु बैंकको खाताको १० लाख ९४ हजार पाँच सयको दुई वटा चेक जारी गरी बैंकिङ कसुरु मुद्दामा दोषी ठहर भएका पृथ्वीराज चेम्जोङलाई पक्राउ गरी कैद भुक्तानीका लागि केन्द्रीय कारागार पठाइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका अनुसार पाँचथरको साविक यासोक गाविस– ८ का ४३ बर्षीय चेम्जोङले मन्जु श्रेष्ठसँग आर्थिक व्यवहार मिलाउन भन्दै उक्त सापटी लिएको तर भुक्तानीका लागि रकम नै नभएको प्रभु बैंकको खाताको दुई वटा चेक जानी जानी काटेको थिए ।

उक्त चेकबाट रकम भुक्तान नभई बाउन्स भएपछि श्रेष्ठले पाटन उच्च अदालतमा जाहेरी दिएकी थिइन् । अदालतले चेम्जोङलाई १५ दिन कैद र १० लाख ९४ हजार पाँच सय जरिवाना फैसा गरेको थियो । फैसलापछि फरार रहेका चेम्जोङलाई आइतबार गंगबुबाट प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

Advertisement

Advertisement