अब घुस खुवाउने पनि अख्तियारको फन्दामा, १८ लाख ५० हजार बुझाउने ठेकेदार विरुद्ध मुद्धा

Advertisement

काठमाडौं । के कर्मचारीलाई घुस दिएर काम गराउने बानी परेको छ ? सावधान ! अब अख्तियारको फन्दामा पर्नुहुनेछ । किन भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस खुवाउनेहरुलाई समेत कारवाही थालेको छ ।

भोजपुरमा सडक आयोजनाका इञ्जिनियरलाई घुस रकम बुझाउने ठेकेदार अख्तियारको फन्दामा परेका छन् । घुस बुझाउने ठेकेदार विरुद्ध आयोगले बिशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।

भोजपुर–टक्सार–कोट(गोगने–लेखर्क सडक स्तरोन्नति योजनाको भुक्तानिका लागि जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर लालु गिरीलाई १८ लाख ५० हजार घुस दिएका निर्माण व्यवसायी देवजंग शाही विरुद्ध मुद्धा दायर गरिएको हो ।

आयोगले इञ्जिनियरलाई घुस दिएको भन्दै एमके वाईपी जेभीका देशजंग शाही विरुद्ध १८ लाख ५० हजार रुपैंयाँ विगो दावी तथा हदैसम्मको कारवाही माग गर्दै मुद्धा हालेको प्रवक्ता प्रदिप कुमार कोइरालाले बताए ।

Advertisement

Advertisement

Advertisement