ग्लोबल आईएमई बैंकको छलाङ: नाफा पौने ३ अर्ब, सबै सूचक राम्रा

Advertisement

काठमाडौं । ग्लोबल आईएमई बैंकको नाफा पौने ३ अर्ब पुगेको छ । बैंकले २०७६ असार मसान्त अवधीमा आफ्नो नाफा ३८.३० प्रतिशतले बढेर २ अर्ब ७८ करोड पुगेको हो । बैंकले २०७५ असार मसान्तमा २ अर्ब १ करोड नाफा नाफा गर्न सफल भएको थियो ।

ग्लोबलको वितरण योग्य नाफा भने २ अर्ब ४२ करोड रुपैंयाँ रहेको छ । १० अर्ब ३१ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ३ अर्ब २१ करोड रुपैंया रहेको छ ।
बैंकले १ खर्ब २० अर्ब निक्षेप संकलन गरेर १ खर्ब १२ अर्ब कर्जा लगानी गरेको छ । बैंकको सिडी रेसियो ७८.६९ प्रतिशत रहेको छ ।
बैंकको खराब कर्जा ०.५५ प्रतिशत छ भने कस्ट अफ फण्ड ७.१८ प्रतिशत छ ।

आधार ब्याजदर ९.५४ प्रतिशत रहेको छ भने स्प्रेडदर ४.४७ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी २७.११ रुपैंयाँ हुँदा प्रति सेयर नेटवर्थ १५८.६२ रुपैंयाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement