बाउन्स चेक दिने चेमजोङ्ग जेल चलान

Advertisement

काठमाडौं । नगद कारोबारमा बाउन्स चेक(पैसा नभएको चेक) दिने पृथ्वी राज चेमजोङ्ग जेल चलान भएका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले अदालतको फैसला अनुसार पक्राउ गरेर चेमजोङ्गलाई जेल चलान गरेको हो ।

मञ्जु श्रेष्ठसँग आर्थिक कारोबार मिलाउने भन्दै चेमजोङ्गले १० ला ९४ हजार ५ सय रुपैंयाँ रकम लिएका थिए । पछि रकम फिर्ता गर्ने सहमति गरेका उनले प्रभु बैंकका दुई वटा चेक दिएका थिए । तर बैंक एकाउण्टमा पैसा भने थिएन् ।

पैसा नभएको चेक दिएपछि पीडित श्रेष्ठले अदालतमा मुद्धा हालेकिी थिइन् । उच्च अदालत पाटनले २०७५ पुस १७ गते गते १५ दिन जेल सजाय र १० लाख ९४ हजार ५ सय जरिवाना गर्ने फैसला गरेको थियो । सोही फैसला कार्यान्वयनका क्रममा केन्द्रिय अनुसन्धान विभागले चेमजोङ्गलाई पक्राउ गरि जेल चलान गरेको हो ।

Advertisement

Advertisement

Advertisement