‘कबड्डी कबड्डी कबड्डी’ फिल्म रिलिज पोस्टपोन्ड, प्रदर्शन हुने नयाँ मिति असोज

Advertisement

काठमाडौं । रामबाबु गुरुङ निर्देशित मल्टीस्टारर फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को प्रदर्शन मिति सारिएको छ । भदौ १३ गतेलाई प्रदर्शन मिति पक्का गर्दै गीत समेत रिलिज भैसकेको सिनेमा अब भने असोज ३ गतेबाट आउने भएको हो ।

प्राविधिक कारणले फिल्मको प्रदर्शन मिति सारिएको निर्माण टिमले बताएको छ । तर, फिल्मको रिलिज सर्नुको कारण साउथ स्टार प्रभासको फिल्म ‘साहो’ मानिएको छ ।
‘कबड्डी कबड्डी कबड्डी’ को रिलिज डेट पोस्टपोन्ड भएसँगै भाद्र १३ गते नवल नेपाल निर्देशित तथा अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता पुष्प खड्का स्टारर फिल्म ‘मारुनी’ले एकल प्रदर्शनको अवसर पाएको छ । ‘कबड्डी कबड्डी कबड्डी’ले नै प्राविधिक कारण देखाउँदै प्रदर्शन मिति परिवर्तन गरेपछि ‘मारुनी’लाई केही हदसम्म फाइदा हुने देखिएको हो ।

‘साहो’ र ‘कबड्डी कबड्डी कबड्डी’ को चेपुवामा पर्ने डरले ुमारुनीु को प्रदर्शन मिति पोस्टपोन्ड हुने चर्चा फिल्मवृतमा थियो । तर, साउथ फिल्मको डरले सुपरहिट फिल्मको सिरिज नै छेउ लागेको छ ।

स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहेको सिनेमामा रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन बिक्रम राई, बुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बराल, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डि।बि गुरुङ, राजेन्द्र थापालगायतका कलाकारले अभिनय गरेका छन्।

बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मलाई शैलेन्द्र डि। कार्कीले खिचेका हुन् । फिल्ममा कर्मा, रिश्मा गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, लुनिभा तुलाधर, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ । यसको सम्पादन निमेश श्रेष्ठले गरिरहेका छन् ।

Advertisement

Advertisement

Advertisement