अध्यक्ष पुष्पकमल दाहाल परिवारसहित दुबई प्रस्थान

Advertisement

काठमाडौं । पारिवारिक भ्रमणका क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् । अध्यक्ष दाहाल आज बिहान त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

भ्रमण नितान्त पारिवारिक भएकाले कुनै पनि राजनीतिक भेटघाट भने नहुने बताइएको छ । भ्रमण टोलीमा उनकी पत्नी सीता दाहाल, दुई छोरी रेणु र गङ्गा पनि रहेका छन् । अध्यक्ष दाहाल यही साउन १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Advertisement

Advertisement

Advertisement