पीडितलाई क्षतिपूर्ति दिन आलटाल गर्ने म्यानपावरलाई कडा कारबाही गरिने

Advertisement

काठमाडौं । पीडितलाई क्षतिपूर्ति दिन आलटाल गर्ने म्यानपावर कम्पनीलाई कडा कारबाही गर्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।

एक म्यानपावर कम्पनीले पासपोर्ट, कागजात र रकम लिने, अनि अर्को म्यानपावरबाट कामदार पठाउने र कामदार समस्यामा परेर क्षतिपूर्तिका लागि उजुरी दिंदा एकले अर्कोलाई दोष देखाउँदै आलटाल गरेमा कारबाही हुने विभागले जनाएको हो ।

म्यानपवार कम्पनीले एजेण्ट बनेर काम गरेमा, कम्पनीबीचमा कामदारको मागपत्र किनबेच नगर्न विभागले अनुरोध गरेको छ । कारबाहीमा परेर रोक्का रहेका म्यानपावरले अर्को म्यानपावरको फाइल प्रयोग गर्ने गरेमा हदैसम्मको कारबाही हुने पनि विभागले सुचनामा जनाएको छ ।

Advertisement

Advertisement

Advertisement