धितोपत्र बोर्डको सूचना प्रविधि नीतिः आधुनिक  बजार, स्मार्ट सूचना प्रणाली

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजी बजारलाई थप व्यवस्थित बनाउन सूचना तथा प्रविधि नीति ल्याएको छ । सूचनामा आधारित धितोपत्र तथा वस्तु विनिमय बजारमा भएका तथ्याङ्क एवं जानकारीहरुको समूचित अभिलेख व्यवस्थापन तथा प्रभावकारी उपयोगमा मार्फत बजारको दिगो विकास र विस्तारका लागि नीति ल्याएको जनाएको छ ।

नीतिले सूचना प्रविधिले उपलब्ध गराएका अवसरहरुको उच्चतम उपयोग गरी बजार नियमन तथा बजार गतिविधिलाई प्रतिस्पर्धी एवं विश्वसनीय बनाउने अपेक्षा गरिएको बोर्डका प्रवक्ता निरज गिरीले बताए ।नीतिले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी सूचना प्रविधि पूर्वाधारको विकास विस्तार गर्ने, बजार नियमन तथा बजार गतिविधिहरुमा सूचना प्रविधिको उपयोगलाई बढाउने, बजारमा सूचना प्रविधिको प्रयोगलाई स्तरीय र मितव्ययी बनाई सूचना प्रविधिका साधन तथा पूर्वाधारको सुरक्षित रुपमा प्रयोग गर्ने, सूचना प्रविधिको व्यवस्थित एवं स्तरीय उपयोगमार्फत् धितोपत्र बजार तथा वस्तु विनिमय बजार नियमन, सञ्चालन तथा लगानीलाई गतिशिल एवं विश्वसनीय बनाउन सघाउनेछ ।

Advertisement

Advertisement

Advertisement