वर्ल्ड मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स समस्याग्रस्तबाट फुकुवा, निक्षेप संकलन र कर्जा लगानीको बाटो खुल्यो

Advertisement

काठमाडौं । वर्ल्ड मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी समस्याग्रस्त संस्थाबाट फुकुवा भएको छ । नेपाल राष्ट्र बैंकले कम्पनीलाई समस्याग्रस्त संस्थाबाट फुकुवा गरेको हो । वित्त कम्पनी सुपरिवेक्षण विभागले सार्वजनिक सूचना प्रकाशित गरेर साउन ६ गतेको निर्णयबाट समस्याग्रास्त संस्थाको सूचीबाट हटाएको जानकारी दिएको हो ।

यो कम्पनीलाई २०७० साल बैशाख ५ गते समस्याग्रास्त घोषणा गरिएको थियो । समस्याग्रस्त घोषणा गरेपछि कम्पनीलाई निक्षेप लिने, कर्जा प्रवाह गर्ने तथा जमानत लिने लगायतका सेवा प्रवाहमा रोक लगाइएको थियो । हेटौँडामा केन्द्रिय कार्यालय रहेको कम्पनीले अब निक्षेप उठाउने, कर्जा प्रवाह गर्ने तथा जमानत बस्ने लगायतका सबै सेवा प्रवाह गर्न पाउनेछ ।

Advertisement

Advertisement

Advertisement