चेम्बर अफ कमर्शले आयोजना गर्यो रक्त परिक्षण शिविर

Advertisement

काठमाडौं । विश्व हेपाटाइटिस दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्स तथा एसआरएल डाइग्नोसिसको संयुक्त तत्वावधानमा रक्त परिक्षण कार्यक्रम चलिरहेको छ । सहुलियत दरमा मंगलबारदेखि बुधबारसम्म चल्ने भएको २ दिने रक्त परिक्षणमा एचबिएसएजी, थाइराइड प्रोफाइल टेष्ट र सुगरको रक्त परिक्षण सम्बन्धित बिज्ञ डाक्टर एंव प्राविधिकबाट गरिएको छ ।

पहिलो दिन मंगलबार चेम्बरका पदाधिकारी, कर्मचारी वस्तुगत एंव अन्य आबद्ध संघका पदाधिकारी एंव सदस्यहरु, उद्योगी व्यवसाायी एंव सचिवालयका कर्मचारीहरु र जमल, कान्तिपथ तथा ठमेलका सर्वसाधारणको समेत उपस्थिती भई रक्त परिक्षण गरिएको छ । आज बुधबारसमेत अपरान्ह १ बजेदेखि साढे ५ बजेसम्म रक्त परिक्षण कार्यक्रम रहेको छ ।

सो कार्यक्रमको आयोजना चेम्बर अफकमर्सको शिक्षा तथा खेलकुद समितीको सक्रियतामा भएको र सो समारोहमा बोल्दै समितीका सभापती दिपकका जी तुलाधरले विगत केही वर्षदेखि नै चेम्रले यस किसिमका सचेतना मूलक कार्यक्रम गरीएको र यसको श्रृंखलाको रुपमा यो कार्यक्रम प्रभावकारी रुपमा गरिएको बताए ।

Advertisement

Advertisement

Advertisement