नेपाल बायुसेवा निगममा मदन खरेलको विकल्प खोज्दै सरकार

Advertisement

काठमाडौं । नेपाल बायुसेवा निगममा कार्यकारी अध्यक्ष मदन खरेलको विकल्प खोजी सुरु भएको छ । प्रधानमन्त्री केपी ओली नै खरेललाई हटाउनुपर्ने निष्कर्षमा पुगेको पर्यटन मन्त्रालय श्रोतले बतायो । हाल पर्यटन मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री ओली यतिबेला खरेलको अभिव्यक्ति र कार्यशैली प्रति असन्तुष्ठ रहेका छन् ।

वाइड बडी जहाजको अपनत्व नलिएको, व्यवसाय विस्तारका लागि कुनै गतिलो योजना नबनाएको लगायतका आरोप खरेल माथी लागेको छ ।
उनले पर्यटन मन्त्रालय पठाएका आधा दर्जन फाइलले हालसम्म स्वीकृति पनि पाएका छैनन् । बायु सेवा निगम श्रोतले पनि खरेललाई हटाउने तयारीमा प्रधानमन्त्री जुटिसकेको बतायो । ‘अध्यक्षको कार्यशैली प्रति प्रधानमन्त्रीज्यूमा व्यापक असन्तुष्ठि रहेको सुनेका छौं, अध्यक्षको विकल्प खोज्ने तयारी भैरहेको छ रे’, निगम उच्च श्रोतले भन्यो ।

निगमका कर्मचारी समेत खरेलको कार्यशैलीसँग पूर्णतः असन्तुष्ठ रहेका छन् । खरेलले आन्तरिक उडान सुधार्न नसकेको, वाइड बडी जहाजको व्यवसायीक योजना बनाउन नसकेको आरोप लगाईरहेका छन् । झापाली भएर पनि काम गर्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले खरेललाई हटाएर उपयुक्त विकल्प खोजी थालेका हुन् । निगमको नेतृत्वका लागि राजु बहादुर केसी, गोवद्र्धन खड्का लगायतका पूर्व कर्मचारीहरुले लबिङ गरिरहेका छन् ।

निगमले २४ अर्बमा २ वटा वाइड बडी जहाज भित्र्याएको थियो । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई मासिक ४० करोड किस्ता तिरिरहेको छ । निगमसँग हाल ४९ अर्बको सम्पति छ भने ४० अर्ब ऋण रहेको छ । निगमले भदौ १२ गतेदेखि जापानको ओशाकामा उडान गर्ने तयारी गरेको छ । निगमले ३७ हजार रुपैंयाँमा ओशाका उडान भर्ने गरि टिकट बुकिङ गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement