निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै आज पनि काँग्रेस र राजपाले संसद चल्न दिएनन्

Advertisement

काठमाडौं । निर्मला पन्तका हत्यारालाई कारवाहीलगायतका माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले प्रतिनिधि सभा बैठक बुधबार पनि अवरुद्ध गरेका छन्।

बैठक सुरु हुनासाथै काँग्रेस र राजपाका साँसदले रोष्टम अगाडि उभिएर नारावाजी गरेका हुन् । उनीहरुले सर्लाहीमा प्रहरीसँगको भुडभेडमा मारिएका भनिएका कुमार पौडेल हत्याको पनि छानबिन गर्न माग गरेका छन् । सोमबार पनि उनीहरुकै अवरोधका कारण संसद बैठक बस्न सकेको थिएन् ।

Advertisement

Advertisement

Advertisement