११ हजार घुसले नापीका सर्भेक्षकको जागिर चट

ciaa_akhtiyar

काठमाडौं । सुनसरी नापी कार्यालयका सर्भेक्षक ११ हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश कार्यालयबाट खटिएको टोलीले नापी कार्यालय ईनरूवा सुनसरीका सर्भेक्षक मागैन महतो र लेखापढी व्यवसायी राम नारायण पोदारलाई ११ हजार घुससहित पक्राउ गरेको हो ।

जग्गाको नक्सा सुधार गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनीहरुलाइै घुससहित पक्राउ गरेको हो । आयोगका प्रवक्ता प्रदिप कुमार कोइरालाले पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भैरहेको जानकारी दिए ।