विज्ञापनको लफडा झेलिरहेको आयोगले फेरि थप ६ हजार कर्मचारीको लागि विज्ञापन खोल्ने

Advertisement

काठमाडौं । गत १५ जेठमा खोलेको विज्ञापन उपर लफडा झेलिरहेको लोकसेवा आयोगले फेरि थप कर्मचारीको लागि विज्ञापन खोल्ने भएको छ । जेठ १७ गते लोकसेवा आयोगले देशैभरका पाँच सय ५५ स्थानीय तहका लागि नौ हजार एक सय ६१ कर्मचारी माग गर्दै खोलेको विज्ञापन समावेशी नभएको भन्दै संसदीय समितिदेखि अदालत हुँदै सडक सम्म तातेपछि थप कर्मचारीको लागि विज्ञापन खोल्ने भएको हो ।

यस विषयमा अझैं पनि जनजातीहरुको सडक संघर्ष जारी छ । यस्तैमा आयोगले पुन ६ हजारभन्दा बढी कर्मचारी माग गर्दै नयाँ विज्ञापन गर्ने जनाएको छ । आयोगले ६ हजार फ्रेस कर्मचारीका लागि नयाँ भर्ना खोल्न लागेको हो ।

स्थानीय तहबाट माग भएर आएका करिब ६ हजार कर्मचारीका लागि लोकसेवाले बिज्ञापन खोल्ने तयारी गरेको छ । जेठमा गरिएको बिज्ञापनको अहिले परीक्षा भइररहेको छ । अहिले बिज्ञापनबाट आएका ९ हजार कर्मचारीलाई दशैँअगावै स्थानीय तहमा पठाउने तयारीमा सरकार लागेको छ । अबको तीन साताभित्र ६ हजार कर्मचारीका लागि फेरी बिज्ञापन गर्ने तयारी थालिएको छ ।

कर्मचारीले भने स्थानीय र प्रदेश तहमा समायोजन भएका कर्मचारीलाई पुरानै सेवा सुविधाअनुसार कार्य सम्पादन मूल्याङ्कनको फाराम भर्न मन्त्रालयले गरेको परिपत्रप्रति आपत्ति जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement