युस–बंगला विमान दुर्घटनामा मृत्यु भएकाहरुको परिवारद्धारा दुई अर्बभन्दा बढि क्षतिपूर्ति दावी

Advertisement

काठमाडौं । युएस–बंगला एयरलाइन्स विमान दुर्घटनामा मृत्यु भएका नेपाली विद्यार्थीहरुको परिवारले एयरलाइन्स कम्पनीसँग दुई अर्ब १० करोड रुपियाँको क्षतिपूर्ति दावी गरेका छन् ।

दुर्घटनामा मृत्यु भएका सात जना विद्यार्थीका परिवारले उुएस–बंगलाविरुद्ध एक करोड ९० लाख ९० हजार अमेरिकी डलर क्षतिपूर्ति दावी गरेका हुन् । उक्त विमान सन् २०१८ को मार्च १२ तारिखमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।

बंगलादेशमा एमबिबिएस पढ्र्दै गएका एन्जिला श्रेष्ठ, आसना शाक्य, मिली महर्जन, निगा महर्जन, प्रिन्सी धामी, सञ्जय महर्जन र श्रेया झाका आमाबुबाले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्दै उक्त रकम दावी गरेका हुन् । विमान कम्पनीले अन्तर्राष्ट्रिय कानूनबमोजिम मागदावी गरिएको क्षतिपूर्ति प्रदान गर्न अस्वीकार गरेपछि पीडित परिवारले क्षतिपूर्तिका लागि कानुनी उपचार खोजेको पीडित परिवारका कानुनी सल्लाहकार अधिवक्ता अमृत खरेलले जानकारी दिए ।

उनका अनुसार वायुयान सञ्चालकले अन्तर्राष्ट्रिय महासन्धि एवं दुष्कृति कानूनबमोजिम रङफूल डेथबापत निर्धारित क्षतिपूर्ति रकम एकमुष्ठ दिलाउने भराउने सम्बन्धी मुद्दा पीडितहरुको तर्फबाट बुधबार काठमाडौं जिल्ला अदालतमा दर्ता गरिएको हो ।

Advertisement

Advertisement

Advertisement