सुमेरु अस्पतालद्धारा २ जनाको निःशुल्क मृगौला प्रत्यारोपण सम्पन्न

Advertisement

काठमाडौं । सुमेरु अस्पतालले २ जना बिरामीहरुको निःशुल्क मृगौला प्रत्यारोपण गरिदिएको छ । अस्पतालले गोरखाका विकास गुरुङ र रामेछापकी सुकरानी मोक्तानको निःशुल्क मृगौला प्रत्यारोपण गरेको हो ।

सुमेरुले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत २ जनाको निःशुल्क मृगौला प्रत्यारोपण गरिदिएको सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले बताए । प्राध्यापक डा. ऋणी कुमार काफ्ले नेतृत्वको बिशेषज्ञ चिकित्सकहरुको टोलीले निःशुल्क प्रत्यारोपण गरेको हो ।

स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमारले निःशुल्क मृगौला प्रत्यारोपण गरेकोमा अस्पताललाई धन्यवाद दिए । सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले संस्थागत समाजिक उत्तरदायीत्वका लागि अस्पतालले यस्ता कामलाई अझै तिरन्तरता दिने पनि बताए ।



 

Advertisement

Advertisement

Advertisement