अक्षय कुमारको पारिश्रमिक ५४ करोड

Advertisement

काठमाडौँ । बलिउड फिल्म क्षेत्रमा अहिले अक्षय कुमार सबभन्दा बढी कमाउने कलाकारको लिस्टको टपमा छन् । उनको बर्षमा एक भन्दा बढी फिल्म रिलिज हुन्छ सबै फिल्म बक्स अफिसमा सुपरहिट हुन्छन् । एक पछि अर्को ब्लकबस्टर फिल्म दिने अक्षय कुमार बलिउडको महंगा कलाकारको नाम लिस्टमा पर्छन् । नयाँ रिपोर्टका अनुसार पछिल्लो समय अक्षय कुमारले आफ्नो पारिश्रमिक बढाएका छन् ।

डेक्कन क्रानिकलको रिपोर्टका अनुसार अक्षय कुमार एक फिल्मको लागि ५४ करोड रुपिँया भारु लिने गर्छन् । जब फिल्म राउडी राठौरका लागि उनले २७ करोड लिएका थिए ।

पछिल्लो समय फोब्र्स म्याग्जीनले विश्वको सबैभन्दा बढि कमाउने कलाकारको नाम सार्वजनीक गरेको थियो जसमा बलिउडबाट सबैभन्दा बढि कमाउने कलाकारमा अक्षय कुमारको नाम आएको थियो । उनको जुन २०१८ देखि जुन २०१९ सम्म ४४४ करोड आम्दानी भएको थियो । उनको पछिल्लो फिल्म ‘मंगल’ १५ अगस्ट मा रिलिज हुदैँ छ ।

Advertisement

Advertisement

Advertisement