संस्थागत ग्राहकका लागि नेपाल टेलिकमको आकर्षक अफर

Advertisement

काठमाडौं । नेपाल टेलिकमले न्यूनतम प्याकेज रकमबाट महिनाभरी मोबाइलमा जति पनि (असीमित) कुराकानी गर्न सकिने सुविधा उपलब्ध गराइरहेको छ । संस्थागत प्रयोगकर्ता र समूह योजनामा समाहित भएर ग्राहकहरुले यो सेवा उपभोग गर्न सक्ने छन् ।

यसका लागि एउटै कम्पनी संस्था वा कार्यालयमा कार्यरत कम्तीमा पनि १० जना मोबाइल प्रयोगकर्ता हुनुपर्छ । सो भन्दा बढी संख्याका मोबाइल प्रयोगकर्ताहरुले पनि यो सुविधा उपभोग गर्न सक्नेछन् । जीएसएम सीडीएमएका प्रिपेड पोष्टपेड सबै नम्बरहरु यस सेवामा आबद्ध हुन सकिन्छ । हाल चलिरहेको मोबाइल नम्बर वा नयाँ नम्बर लिएर पनि यस सेवामा आबद्ध हुन सकिन्छ ।

यस योजनामा आबद्ध संस्थागत प्रयोगकर्ताहरुले आफ्नो समूहभित्रका मोबाइल नम्बरहरुमा निःशुल्क असीमित कुराकानी गर्न सक्छन् । त्यसैगरी सीयूजी सेवामा आबद्ध समूहका नम्बर वाहेक नेपाल टेलिकमका अन्य नम्बरहरुमा प्याकेजमा उपलब्ध गराइएको फ्रि रिसोर्सेजसम्म भ्वाइस डाटा र एसएमएस निःशुल्क प्रयोग गर्न सकिन्छ । त्यसैगरी कम्पनी तथा दूरसञ्चार सेवा उपलव्ध गराउने अन्य सेवा प्रदायकको मोवाइल तथा आधारभूत फोनमा समेत प्याकेजमा उपलब्ध गराइएको समयम सीमासम्म निःशुल्क कुरा गर्न सकिने छ । कर्पोरेट ग्राहक सेवा लिनका लागि नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क राख्न सकिन्छ ।

कर्पोरेट ग्रुपका विविध समूहलाई उपयुक्त हुनेगरी विभिन्न दरका प्याकेजहरु उपलब्ध गराइएको छ । जीएसएम सीडीएमए प्रिपेड ग्राहकका लागि मात्र उपलब्ध हुने गरी २ सय रुपियाँको संस्थागत प्याकेज उपलब्ध छ । यो सेवा लिने प्रिपेड मोबाइल प्रयोगकर्ताले एक सय मिनेट समूह बाहिरका टेलिकमकै मोबाइल तथा टेलिफोनमा कुरा गर्न र ५० वटा सन्देश पठाउन सक्नेछन् । यही सेवा अन्तर्गत मासिक एक सय ४० एमबीको डाटा चलाउन र कम्पनी तथा दूरसञ्चार सेवा उपलब्ध गराउने अन्य सेवा प्रदायकका मोबाइल वा फोनमा पनि १० मिनेट कुरा गर्न सकिने छ ।

प्रिपेड वा पोष्टपेड दुवै मोबाइल प्रयोगकर्ताका लागि चार सय सात सय एक हजार १३ सय र १६ सय रुपियाँका प्याकेजहरु उपलब्ध छन् । ४ सय रुपियाँको संस्थागत प्याकेज लिंदा समूह बाहिरका कम्पनीकै मोबाइल वा टेलिफोनमा २ सय ३० मिनेट कुराकानी गर्न ३ सय एमबीको डाटा चलाउन र एक सय वटा एसएमएस पठाउन सकिन्छ । साथै २० मिनेट कम्पनी तथा दूरसञ्चार सेवा उपलब्ध गराउने अन्य सेवा प्रदायकका मोबाइल वा फोनमा कुरा गर्न सकिने छ ।

साथै ७ सय रुपियाँको संस्थागत प्याकेज लिएमा समूह बाहिरका कम्पनीकै फोन तथा मोबाइलमा ३ सय ७० मिनेट कुराकानी गर्न ८ सय एमबी डाटा चलाउन र सयवटा सन्देश पठाउन तथा कम्पनी र दूरसञ्चार सेवा उपलब्ध गराउने अन्य सेवा प्रदायकका मोबाइल वा फोनमा ३० मिनेट कुरा गर्न पाइने सुविधा प्रदान गरिएको छ । १ हजार रुपियाँको प्याकेजमा प्याकेज भन्दा बाहिरका कम्पनीकै नेटवर्कमा ५ सय ५० मिनेट कुराकानी गर्न १ हजार एमबी डाटा चलाउन तथा डेढसय वटा एसएमएस पठाउन र कम्पनी तथा दूरसञ्चार सेवा उपलब्ध गराउने अन्य सेवा प्रदायकका मोबाइल वा फोनमा ४० मिनेट कुरा गर्न पाइने छ ।

यसैगरी १३ सय रुपियाँको संस्थागत प्याकेजमा समूह बाहिरका कम्पनीकै अन्य फोनमा ६ सय मिनेट कुराकानी गर्न २१ सय एमबी डाटा चलाउन २ सयवटा एसएमएस पठाउन र कम्पनी तथा दूरसञ्चार सेवा उपलब्ध गराउने अन्य सेवा प्रदायकका मोबाइल वा फोनमा ५० मिनेट कुरा गर्न पाइने सुविधा उपलब्ध गराइएको छ ।

१६ सय रुपियाँको संस्थागत प्याकेजमा ७ सय ५० मिनेटसम्म समूहमा आबद्ध नभएका कम्पनीकै अरु फोन वा मोबाइलमा कुराकानी गर्न २७ सय एमबी डाटा चलाउन र २ सय ५० वटा एसएमएस पठाउन सकिन्छ । त्यसैगरी कम्पनी तथा दूरसञ्चार सेवा उपलब्ध गराउने अन्य सेवा प्रदायकका मोबाइल वा फोनमा ५० मिनेट कुरा गर्न पाइने सुविधा छ ।

उपरोक्त सबै संस्थागत प्याकेजहरुमा आफ्नो समूहभित्र असीमित कुराकानी गर्ने सुविधा सो सेवाका ग्राहकहरुलाई उपलब्ध हुनेछ । आफ्ना समूह भित्र जति पनि अर्थात असीमित कुराकानी गर्न मात्र होइन ।

अन्य धेरै सुविधाहरु समेत भएकाले यो अफर संस्थागत ग्राहकहरुका बीचमा निकै नै लोकप्रिय छ ।

Advertisement

Advertisement

Advertisement