यी हुन 'क्रस होल्डिङ' भएका बैंक, जो मर्जरका लागि बाध्य हुँदैछन्

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ भएका बैंक तथा वित्तिय संस्थाहरुको विवरण माग गरेको छ । राष्ट्र बैंकले बिहिबार सबै बैंक तथा वित्तिय संस्थाहरुलाई पत्र लेखेर आ आफ्नो सेयरधनीहरुको नामावली मागेको हो । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बैंक तथा वित्तिय संस्थाका लगानीकर्ताहरुको विवरण मागेर चिठ्ठी पठाईएको बताए ।

डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीका अनुसार निश्चित प्रतिशतभन्दा बढी क्रस होल्डिङ भएका बैंकहरुलाई मर्जरमा जान निर्देशन दिने तयारी भैरहेको छ । त्यसका लागि पहिले सेयरधनीहरुको विवरण माग गरिएको उनले स्पष्ट पारेका छन् । राष्ट्र बैंकले शुन्य दशमलव ८ प्रतिशतभन्दा माथि सेयर स्वामित्व भएका सेयरधनीहरुको नामावली माग गरेको हो ।

एक हप्ताभित्र बैंक तथा वित्तिय संस्थाहरुले त्यस्ता सेयरधनीहरुको विवरण पठाउनुपर्नेछ । त्यसरी विवरण प्राप्त भएपछि मर्जरको मोडालिटी तयार पर्ने राष्ट्र बैंकको योजना छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत क्रस होल्डिङ भएका बैंक तथा वित्तिय सस्थाहरुलाई मर्जरमा पठाउने बताएको थियो ।

फोर्स मर्जरको विकल्पमा क्रस होल्डिङ
सुरुमा फोर्स मर्जरको नीति मार्फत बैंक तथा वित्तिय संस्थाहरुको संख्या घटाउने तयारी गरेको राष्ट्र बैंकले अन्तिम समयमा प्रोत्साहनको सुविधा अघि सारेको थियो । फोर्स मर्जरले गलत सन्देश जाने निष्कर्षसहित राष्ट्र बैंकको नेतृत्वले बैंक तथा वित्तय संस्थाहरुको संख्या घटाउने नयाँ जुक्तिका रुपमा क्रस होल्डिङलाई अघि सारेको हो ।

यी हुन क्रस होल्डिङ भएका बैंक तथा वित्तिय संस्थाहरु
सनराइज बैंक/एनआईसी एसिया
एनबी बैंक /एनसीसी बैंक
हिमालयन बैंक/नेपाल इन्भेष्टमेन्ट
सानिमा बैंक/माछापुच्छ्रे बैंक
नविल बैंक र युनाइेटड फाइनान्स कम्पनी
यी बाहेक, नेपाल बैंक, कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक बैंकमा पनि सरकारी लगानी रहेको छ ।

Advertisement

Advertisement

Advertisement