शेखर गोल्छा र किशोर प्रधानको बढ्दो दुरी तस्विरमा (फोटो फिचर)

Advertisement

काठमाडौं । बिहीबार ‘मौद्रिक नीतिले अर्थतन्त्रमा पार्ने प्रभाव’ बिषयक कार्यक्रम रहेको थियो । दरबारमार्गको होटल याक एण्ड यतीमा भएको अन्तरक्रिया कार्यक्रममा अर्थसमितिका सभापती कृष्णप्रसाद दाहालसहित सांसद, पूर्वमन्त्री, पूर्वसचिव, वुद्धिजीवी, पत्रकार र उद्योगी व्यवसायी समेतको बाक्लो उपस्थिति थियो ।

नेपाल उद्योग वाणिज्य महासंघको सभाहलमा बुधवार बसेको कार्यसमिती बैठकमा विशेष साधरणसभा घोषणा गर्ने कुरामा भएको वादविवाद बारे सभाहलमा छिर्न मात्र भ्याएका महासंघका उपाध्यक्ष किशोर प्रधानलाई ‘हिजो महासंघमा ठूलै भूकम्प गएछ नि ?’ भनेर प्रश्न राख्दै गर्दा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा सभाहलमा प्रवेश गरेका थिए ।

महासंघका दुई खेमामा चण्डी ढकालको समर्थनमा उभिएका किशोर प्रधान थिए भने अर्को खेमाका शेखर आफै थिए । उनी आफूलाई महासंघको अध्यक्ष स्वतः बन्न पाउनुपर्ने भन्दै विशेष साधारण सभाको विपक्षमा छन् । तर ढकाल, प्रधान, अर्का उपाध्यक्ष उमेशलाल श्रेष्ठ गोल्छालाई स्वतः अध्यक्ष दिने पक्षमा छैनन् ।

केही समयको अन्तरालमा यी दुईबीच कुनै संवाद हुन नपाउँदै छलफल कार्यक्रम सुरुवात भएको थियो । कार्यक्रममासँगै बसेका उनीहरुले कुनै औपचारिकता ननिभाई सिटमा बसे । सुरुवातमा नबोली बसेका उनीहरुलाई उपस्थित पत्रकारले चासोका साथ हेरिरहेका थिए । त्यहीं बुझेर उपाध्यक्ष प्रधानले गोल्छालाई कोट्याउँदै केही भने ।

त्यसपछि बल्ल उनीहरुबीच हाँसो चल्न थाल्यो । झण्डै दुई घण्टासँगै बसेका उनीहरुले महासंघमा कुनै मनमुटाव नभएको सन्देश दिने प्रयास गर्दै थिए । यद्यपि त्यो देखावटी मात्रै झल्किन्थ्यो ।

अन्तिममा अर्थसमितिका सभापती दाहाल संसद बैठकमा भाग लिन कार्यक्रम छोडी हिंडेपछि उभिएका प्रधान र गोल्छा कुनै बोलचाल बिनै विपरित दिशातर्फ फर्किएको देख्दा उनीहरुबीचको दुरी निकै बढेको प्रष्ट देखिन्थ्यो ।

   

Advertisement

Advertisement

Advertisement