नेपाल बैंकको नाफा २६१ करोड, बोनस भने ३४५ करोड वितरण गर्न सक्ने

Advertisement

काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्षमा २ अर्ब ६१ करोड रुपैंयाँ नाफा गरेको छ । एनएफआरएस प्रणाली अनुसार बैंकले प्रकाशित गरेको चौथो त्रैमासिकका अपरिस्कृत वित्तिय विवरण अनुसार बैंकको नाफा २ अर्ब ६१ करोड कायम भएको हो ।

यद्यपी यो नाफा ६० करोडले कम हो । २०७५ असार मसान्त अवधीमा बैंकले ३ अर्ब २१ करोड नाफा आर्जन गरेको थियो । २०७५ असार मसान्त भन्दा ६० करोडले नाफा घटेर २ अर्ब ६१ करोडमा सिमित भएपनि बैंकको वितरण योग्य नाफा भने ३ अर्ब ४५ करोड रुपैंयाँ कायम भएको छ ।

९ अर्ब ८१ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १३ अर्ब ३४ करोड रुपैंयाँ रहेको छ । बैंकले १ खर्ब १७ अर्ब निक्षेप संकलन गरेर ९२ अर्ब कर्जा लगानी गर्दा सिडी रेसिया ७० प्रतिशतमा कायम राखेको छ । बैंकको खराब कर्जा २.५८ प्रतिशत छ भने आधार ब्याजदर ७.९८ प्रतिशत छ । स्प्रेड दर ४.४५ प्रतिशत कायम गरेको बैंकको कस्ट अफ फण्ड ५.५० प्रतिशत छ । प्रति सेयर आम्दानी २७.१५ रुपैंयाँ पुर्याएको नेपाल बैंकको प्रति सेयर नेटवर्थ भने ३००.०५ रुपैंयाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement