अब सहकारीबाट ऋण लिँदा १६ प्रतिशत ब्याज तिरे पुग्ने, पैसा राखे १० प्रतिशत ब्याज

Advertisement

काठमाडौं । अब सहकारीहरुका लागि पनि स्प्रेड दर तोकिएको छ । सहकारी विभागले पत्रकार सम्मेलन गर्दै पहिलो पटक सहकारीहरुका लागि पनि ऋण र बचतको ब्याजदर सिमा तोकिदिएको हो । अब सहकारीहरुका बचत कर्ताले न्युनतम १० प्रतिशत ब्याज पाउनेछन् भने ऋणीहरुले १६ प्रतिशत भन्दा बढी ब्याज तिर्नुपर्ने छैन् ।

सहकारी विभागले ऋण र बचतको ब्याजदर अन्तर पनि ६ प्रतिशतमा सिमित गरिदिएको छ । हाल बैंकिङ क्षेत्रमा मात्रै स्प्रेड दर कायम थियो । राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई बचत र ऋणको ब्याजदर अन्तर ४.४४ प्रतिशत तोकिदिएको छ । सहकारी विभागका रजिष्ट्रार टोकराज पाण्डेले सहकारीहरुलाई व्यवस्थित गर्ने र ग्रामिण अर्थतन्त्रलाई चलायमान बनाउन स्प्रेड दर तोकेको बताए ।

विभागले ल्याएको व्यवस्था कार्यान्वयन नगरेमा पाँच लाखसम्म जरिवाना तिराउने व्यवस्था रहेको पनि उनले स्पष्ट पारे । सहकारीका अगुवाहरुसँग व्यापक छलफलपछि स्प्रेड दरको व्यवस्था अघि सारिएको पनि उनले स्पष्ट पारेका छन् । हाल देशभर कृषि सहकारी, दुग्ध सहकारी, बचत तथा ऋण र बहुउदेश्यिय सहकारी गरि कुल ३४ हजार ८ सय ३७ सहकारी दर्तामा रहेका छन् ।

Advertisement

Advertisement

Advertisement