बाढी प्रभावित क्षेत्रमा निःशुल्क पशु स्वास्थ्य शिविर

Advertisement

काठमाडौं । बाढीबाट प्रभावित सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ वनरझुलामा बिहीबार ‘निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ६४७ पशु चौपयाको उपचार गरिएको छ ।

पशु बाढीबाट प्रभावित पशुको स्वास्थ्य उपचार र सरसल्लाह दिने उद्दश्यले सो गाउँपालिकाको संयोजकत्व तथा नेपाल पारा भेटेनरी एण्ड लाइभष्टक एशोसिएशन सप्तरीले सो शिविरको आयोजना गरेको कोशी पीडित समाजका सुरेन्द्र यादवले बताए ।

उक्त शिविरमा त्यस क्षेत्रका गाई भैँसी बाख्रामा बाझोपन पेट बिग्रिन नदिन घाउ लाग्न नदिन भिटामिनको कमी मिनरलको कमी क्याल्सियमको कमी हुन नदिनको लागि निःशुल्क स्वास्थ्य उपचार तथा औषधि वितरण गरिएको उनले जानकारी दिए । शिविरमा करीब १६७ किसानलाई पशु चौपायाको लागि विभिन्न किसिमको औषधिसमेत वितरण गरिएको पशु चिकित्सक परमेश्वर यादवले जानकारी दिए।

बाढीको बेला गाई बस्तुमा लाग्न सक्ने सम्भावित रोगबाट जोगाउनका लागि जिल्लाको वनरझुलाका ६४७ पशु चौपायाको प्राथमिक उपचार गरिएको छ । सोही शिविरमा ३१७ वटा बाख्रालाई रोग लाग्न नदिनका लागि सुई लगाएको पशु चिकित्सक यादवले बताए । सो शिविरमा जिल्लाका विभिन्न एग्रोभेट केन्द्रीय नेभ्ला तथा जिल्लाको प्राविधिकको ३० हजार रकम बराबरको सहयोगमा पशुको औषधि वितरण गरिएको हो ।

उक्त स्वास्थ्य शिविरमा पशु चिकित्सक परमेश्वर यादव महेन्द्र यादव अमरेन्द्र झा रामकुमार यादव विराजी मेहतालगायतले पशु चौपायाको उपचार गरेका थिए ।

Advertisement

Advertisement

Advertisement