भदौंको पहिलो हप्ता उपत्यकामा विद्युतिय बसले यात्रु बोक्ने

Advertisement

काठमाडौं । भदौं पहिलो हप्तादेखि उपत्यकामा विद्युतिय सवारी साधनले यात्रु बोक्न थाल्ने भएका छन् । सुन्दर यातायात प्रालीले भदौको पहिलो हप्ता चक्रपथमा ठुला विद्युतिय बसबाट यात्रुलाई सेवा दिने बताएका हुन् । सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले भने,‘भदौंको पहिलो हप्ताभित्र विद्युतीय बस संचालनमा ल्याउँदैछौं ।’ बसका लागि चार स्थानमा विद्युत चार्ज गर्ने स्टेशन समेत राखिने बताए । विद्युतीय बसको भाडा अनलाइनबाटै तिर्न सकिने जानकारी दिए । अग्रिम रकम तिरेर कार्ड लिई बस चढ्न सकिने बताए ।

यातायात संचालनमा निकै अवरोध खडा भएको सुनाए । बाधा अवरोध फुकाउन प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष निर्देशन दिएको बताए । अवरोधका बाबजुद काम शुरु गर्न लागेकोमा सबैको सहयोगका आशा व्यक्त गरे । कार्यक्रममा सुन्दर यातायात प्रा.लि.को वेवसाइट समेत विमोचन गरियो । काठमाडौ महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत केदार न्यौपानेले दीप प्रज्वलन गरी वेभ साइटको विमोचन गरेका थिए । उनले यातायात संचालनपूर्व निकै अवरोधहरु पन्छाउनुपरेको सुनाए । अवरोधका बाबजुद यातायात संचालनमा आउन लागेकोमा सफलताको कमना गरे ।

यातायात व्यवस्था विभागका निर्देशक प्रेम कुमार सिहले विद्युतीय सेवा सर्वशुलभ र सस्तो हुने भएकाले यसलाई प्रोत्साहित गरिने बताए । विभागले यातायात क्षेत्रमा राम्रो कार्य गर्न लागेको भन्दै सुन्दर यातायातको प्रशंशा गरे । विद्युतीय सवारी साधनसम्बन्धी जानकार शैलेन्द्र बहादुर थापाले विद्युतीय यातायातको विशेषताबारे जानकारी दिए । देशको अर्थतन्त्रमा मात्र नभई वातावरणमा समेत यसले फाइदा पुग्ने जानकारी दिए ।

कार्यक्रममा सुन्दर यातायातका संचालक सुरेश पोखरेलले आगामी योजना बताएका थिए । संचालक मनिता जीसीले प्रधानमन्त्री केपी शर्मा ओलीको सुन्दर यातायातले विद्युतीय बस सेवा संचालन गर्न लागेकोमा दिएको शुभकामना पढेर सुनाएकी थिइन् ।

Advertisement

Advertisement

Advertisement