सुनचाँदीको मूल्य बढ्ने क्रम जारी नै, एकैपटक तोलामा पाँच सयको वृद्धि

Advertisement

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार ६५ हजार रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज पाँच सय रुपियाँले बढेर ६६ हजार तीन सय रुपियाँ कायम भएको हो ।

त्यसैगरी, महासंघले आज तेजावी सुनचाँदीको मूल्य प्रतितोलामा ६६ हजार रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५६ हजार ८४० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५६ हजार ५८५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ७७५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६६४ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement