एनसीसी बैंकको एकै पटक दुई वर्षको साधारण सभा भदौ २३ गते

Advertisement

काठमाडौँ । एनसीसी बैंकले २०औँ र २१औँ वार्षिक साधारण सभा एकै साथ हुने भएको छ ।

बैंकले राष्ट्रिय सभा गृहमा भदौ २३ गते बिहान ११ बजे वार्षिक साधारण सभामा बोलाएको हो । उक्त साधारण सभाले आर्थिक वर्ष २०७४र७५ को नाफाबाट सेयरधनीलाई १५।८९ बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

एनसीसी बैंकले हाल कायम चुक्ता पुँजी सात अर्ब एक करोड ८५ लाख रुपियाँको एक अर्ब ११ करोड ५२ लाख ५३ हजार पाँच सय २२ रुपियाँ बोनस सेयर प्रस्ताव गरेको छ । प्रस्तावित बोनस वितरणपछि पुँजी आठ अर्ब १३ करोड ३८ लाख रुपियाँ पुग्नेछ । साथै कम्पनीले एफपीओ निष्काशनको व्यवस्था गर्ने विशेष प्रस्ताव साधारण सभामा लैजाने छ । त्यस्तै, साधारण सभाले बैंक सञ्चालक समितिको निर्वाचन पनि गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले साउन २६ गते आइतबार बुक क्लोज गर्ने भएको छ । साउन २३ गते ९बिहीबार० सम्म कायम रहेका सेयरधनीले साधारण सभामा भाग लिन तथा लाभांश पाउनेछन् ।

Advertisement

Advertisement

Advertisement