सिद्धार्थ बैँकको नाफा २१.२५ प्रतिशतले वृद्धि

Advertisement

काठमाडौँ । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको चौथो त्रैमास अवधिसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले गत आर्थिक वर्षमा दुई अर्ब ३० करोड ८८ लाख ५३ हजार रुपियाँ खुद नाफा कमाएको छ ।

यो नाफा गत वर्षको तुलनामा भन्दा २१.२५ प्रतिशतले बढी हो । असार मसान्तसम्ममा बैंकले १ खर्ब १४ अर्ब रुपियाँ संकलन गरेको छ । तरलता संकटको बेलामा पनि बैंकले एक वर्षमा २० अर्ब रुपैयाँ निक्षेप वृद्धि गरेको छ ।

असार मसान्तसम्म बैंकको चुक्ता पुँजी आठ अर्ब ८८ करोड ७६ लाख चार हजार रुपियाँ रहेको छ । रिजर्भ कोष १२.२८प्रतिशतले बढेर चार अर्ब ४१ करोड ४८ हजार ५८ रुपियाँ पुगेको छ । हाल बैंकको सेयर मूल्य तिन सय २२ रुपियाँ रहेको छ । गत वर्षको नाफाबाट बैंकका सेयरधनीले राम्रो लाभांश पाउने देखिएको छ ।

Advertisement

Advertisement

Advertisement