संसदीय समितिमै रोए माधव नेपाल र योगेश भट्टराई, यस्तो छ कारण

Advertisement

काठमाडौं । नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपाल र नव नियुक्त पर्यटन मन्त्री योगेश भट्टराई संसदीय समितिमै भक्कानिँदै रोएका छन् । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले नव नियुक्त पर्यटन मन्त्री भट्टराईका लागि स्वागत कार्यक्रम राखेको थियो । बैठकमा पूर्व प्रधानमन्त्री नेपाल पनि सहभागी थिए । नेपालले भट्टराईलाई एक दर्जन भन्दा बढी काम गर्न सल्लाह दिए । नेपाल बोलिसकेपछि आफ्ना धारणा राख्ने पालो मन्त्री भट्टराईको आयो ।

उनले सुरुमै माधव नेपाल नेता मात्रै नभएर आफ्नो गुरु र शिक्षक समेत भएको बताए । जब योगेश भट्टराईले २०४३ सालको घट्ना सम्झिए तब बैठकको माहोल बेग्लै बन्यो ।

यसो भनेका थिए योगेशले

‘२०४३ सालमा पार्टीले पञ्चायत निर्वाचनलाई जनपक्षिय उम्मेदवार मार्फत उपयोग गर्ने निति अनुसार म काठमाडौंमा रात, बिहान नभनी खटिएको थिएँ, खाने, सुत्ने ठेगान थिएन, एक्कासी बिरामी भएछु, टिचिङ अस्पतालमा भनाई भएँ, डाक्टरले म बाँच्ने आस मारिसकेका थिए, ६० दिनको अस्पताल बसाईका क्रममा माधव नेपाल मलाई भेट्न आउनु भयो, त्यतिबेला उहाँको नाम माधव नेपाल थिएन, डाक्टरले समेत आस मारिसकेको अवस्थामा उहाँ मलाई भेट्न आउनु भएको थियो, उहाँको एक स्पर्शले नै मलाई बाच्ने शक्ति प्राप्त भएको थियो ’,

योगेश भट्राईले यति भनेर नसक्दै माधव नेपालका आँखा रसाए, उनी भक्कानिएर रुन थाले । योगेशका पनि गला अवरुद्ध भयो । योगेशले पनि केहि समय गला अवरुद्ध भएकाले बोल्न सकेनन् । झण्डै एक मिनेटपछि भट्टराईले विस्तारै आफ्ना कुरा राख्न थाले । माधव नेपाल भने आशुँ पुछिरहेका थिए ।
भट्टराईले पटक पटक माधव नेपाललाई आफ्नो गुरुको संज्ञा दिँदै अविभावकत्व प्रदान गरेका थिए ।

Advertisement

Advertisement

Advertisement