बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियार विरुद्ध १ करोड २८ लाखको  मुद्धा

Advertisement

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप कुलपति प्रा.डा. राज कुमार रौनियार विरुद्ध १ करोड २८ लाख बिगो दावीसहित मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको कसुरमा उप कुलपति रौनियार विरुद्ध एक करोड २८ लाख विगो दावी सहित बिशेषा अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो ।
प्रतिष्ठान धरानको होष्टेल तथा फार्मेसी भवन निर्माणको ठेक्का लिने श्याम सुन्दर निर्माण सेवा प्रालिको सब कन्ट्रयाक्टर गिना कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रबन्ध निर्देशक सुशिल कुमार झासँग भवन निर्माणको मोबिलाइजेसन रकमको भुक्तानी दिँदा र बिभिन्न मितिमा रनिङ बिलको भुक्तानी दिँदा प्रतिष्ठानका उप कुलपति रौनियारले पटक पटक कमिसन बापत घुस रिसवत लिएका थिए । घुस लिएको उजुरीपरेपछि आयोगले असार २५ गते छापा मारेको थियो । सो क्रममा उनी ८ लाख घुस रकमसहित पक्राउ परेका थिए ।

उपकुलपति रौनियारले पटक पटक गरि एक करोड २८ लाख घुस लिएको प्रमािणत भएपछि आयोगले उनी र उनका भतिज डा. रामहरी रौनियारले ८ लाख जरिवानाको माग दावी गर्दै मुद्धा दायर गरिएको हो ।

Advertisement

Advertisement

Advertisement