सेयर बजारमा मौद्रिक नीतिको प्रतिकुल प्रभाव लामै पर्ने संकेत, साताको सुरुमै एकल अंकको गिरावट

Advertisement

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसुचक चार दशमलव ४६ अंकले घटेर एक हजार २५९ कायम भएको छ । मौद्रिक नीति आएपछि लगातारजसो घट्दै आएको बजारमा आज पनि सुधार आउन नसकेको हो ।

आज नेप्से बढ्न नसके पनि कारोबार भने बढेको छ । मौद्रिक नीतिले बजारमा दिर्घकालिन प्रतिकुल प्रभाव पर्ने देखिएपछि सेयर बेच्न चाहने लगानीकर्ताको संख्या बढेको छ । आज ४७ करोड ४१ लाख रुपियाँको सेयर कारोबार भयो । सबैभन्दा बढि नेपाल बैंकको पाँच करोड १२ लाख रुपियाँको खरिद बिक्री भयो ।

समूहतर्फ आज वित्त र म्युचुअल फण्डबाहेक बाँकी सबै समूहका सुचकहरु घटेका छन् । यद्यपि सबै समूहका सुचकको घटबढ एक प्रतिशतभन्दा कम छ । नाफा धेरै गर्नेमा स्वरोजगार लघुवित्तका लगानीकर्ताको रेसियो धेरै छ भने घाटा खानेमा सामुदायिक लघुवित्तका लगानीकर्ताको रेसियो धेरै छ ।

Advertisement

Advertisement

Advertisement