चिनियाँ नागरिकले यसरी भित्राए विमानस्थलबाट सुन

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक विदेशी नागरिक अवैध तरिकाबाट भित्र्याएको सुन सहित पक्राउ परेको हो ।

विमानस्थलको भन्सार कार्यालयले चिनियाँ नागरिकलाई चार किलो सुनसहित आइतवार राति पक्राउ गरेको हो। ड्रागन फ्लाइटको के ए १०४ नम्वरको विमानबाट नेपाल आएका २३ वर्षीय लि निङ्क जी पक्राउ परेको भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरले जानकारी दिए।

एक्सरे मेसिनमा चेक गर्दा सुन भेटिएको हो। थप अनुसन्धान गरिरहेका छौं। प्रमुख ठाकुरले भने,लिले कालो रंङको बेल्टमा सुन लुकाएर लगेज भित्र राखिएको अवस्थामा फेला परेको थियो। एक किलोको चारवटा विस्कुल फेला परेको हो। बजारमा चार किलो सुनको मूल्य दुई करोड भन्दाबढी हुन आउँछ।

Advertisement

Advertisement

Advertisement