बागलुङमा पहिरोले घर पुरिँदा तीन जनाको ज्यान गयो, छ घाइते

Advertisement

बागलुङ । तमानखोला गाउँपालिका–४ लामेलामा पहिरोले घर पुरिँदा तीन जनाको ज्यान गएको छ । अविरल वर्षापछि आइतबार राति करिब १ बजे तिर आएको पहिरोले लामेलामा घर पुरिँदा स्थानीय ४५ वर्षीया सन्तकुमारी सिर्पाली, ७० वर्षीया अन्सारी सिर्पाली र १२ वर्षीय प्रविण सिर्पालीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।

पहिरोले अन्य ९ वटा घरमा क्षति पर्याएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका ७ जनाको स्थानीय र प्रहरीले उद्धार गरेको र घाइतेको अवस्था सामान्य रहेको स्थानीयले जानकारी दिएका छन् । पहिरो डेढ सय मिटर माथिबाट खसेको थियो । पहिरोमा परि ६ जना घाइते छन् । घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको छ ।

Advertisement

Advertisement

Advertisement