सुर्या लाइफको सेयर कारोबार एक दिन बन्द, यस्तो छ कारण

Advertisement

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार एक दिन बन्द हुने भएको छ । कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई पत्र लेख्दै एक दिन सेयर कारोबार बन्द हुने जानकारी दिएको हो ।

कम्पनीले ११ औं बार्षिक साधारण सभाबाट १० बराबर ७ कित्ताको अनुपातमा १ अर्ब २६ करोड ७७ लाख २८ हजार मूल्य बराबरको हकप्रद सेयर निष्काशन गरेको थियो ।
सोही सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले साउन २९ गते एक दिन सेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो । कम्पनीको सेयर हाल दोश्रो बजारमा ४५१ रुपैंयाँमा खरिद बिक्रि भैरहेको छ ।

Advertisement

Advertisement

Advertisement