रिलायन्स फाइनान्सले अशोक लेलैण्डका ग्राहकलाई कर्जा सुविधा दिने

Advertisement

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र रिलायन्स फाइनान्सबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र आइएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुरुप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७०५८ सम्मको कर्जा सुविधा रिलायन्स फाइनान्सबाट पाउने भएका छन् । यसै अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमाकर्जा सुविधा प्राप्त गर्ने भएका छन् ।

यो सुविधाले आगामीदिनमाग्राहकहरुलाई कर्जा सुविधाप्राप्तगर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताएका छन् । कर्जा सुविधामात्रनभई दुवै कम्पनीबीच संयुक्त रुममासहकार्य गर्दै अगाडी बढ्ने कुरामापनि सहमतिभएको छ ।

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापनाभएको हो । रेमिटेन्स, बैंकास्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचनाप्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमालगानीविस्तार गर्दै नेपालमा रोजगारीकाअवसर सिर्जना गर्ने कार्यमाआइएमई ग्रुपनिरन्तर लाग्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement