सेयर बजारमा मौद्रिक नीतिको प्रतिकुल प्रभाव जारी नै, आज पनि ४.५५ अंकको गिरावट

Advertisement

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सेयर बजार परिसुचक चार दशमलव ५५ अंकले घटेर एक हजार २५५ कायम भएको छ । मौद्रिक नीति आएपछि लगातारजसो घट्दै आएको बजारमा आज पनि सुधार आउन नसकेको हो ।

आज नेप्से बढ्न नसक्दा कारोबार रकममा पनि गिरावट आएको छ । मौद्रिक नीतिले बजारमा दिर्घकालिन प्रतिकुल प्रभाव पर्ने देखिएपछि सेयर बेच्न चाहने लगानीकर्ताको संख्या बढेको छ । आज ४४ करोड ३२ लाख रुपियाँको सेयर कारोबार भयो ।

सबैभन्दा बढि नेपाल बैंकको दुई करोड ६९ लाख रुपियाँको खरिद बिक्री भयो । त्यसैगरी, दोस्रोमा कृषि विकास बैंकको समूहतर्फ आज निर्जीवन र म्युचुअल फण्डबाहेक बाँकी सबै समूहका सुचकहरु घटेका छन् । यद्यपि सबै समूहका सुचकको घटबढ एक प्रतिशतभन्दा कम छ ।

Advertisement

Advertisement

Advertisement