६५ वर्ष नाघेकालाई बैंकको सिइओ बन्न रोक, ७० कटेपछि अध्यक्ष बन्न नपाउने, यस्ता छन् थप व्यवस्था

Advertisement

काठमाडौं । अब ६५ वर्ष नाघेका व्यक्ति बैंक तथा वित्तिय संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत(सिइओ) बन्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यान्वयनका लागि परिपत्र जारी गर्दै ६५ वर्ष नाघेका व्यक्तिलाई बैंकहरुको सिइओ नियुक्ती तथा पुननियुक्ती गर्न नपाउने तथा हाल कार्यरतहरुको उमेर ६९ वर्ष पुगेको छ भने उनीहरु स्वतः पदमुक्त हुने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

त्यस्तै, राष्ट्र बैंकले ७० वर्ष नाघेका व्यक्तिहरु बैंक तथा वित्तिय संस्थाको अध्यक्ष बन्न समेत अयोग्य हुने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । तर मर्जर वा एक्वायर प्रक्रियामा रहेका र २०७७ असार मसान्तभित्र एकिकृत कारोबार गर्ने बैंक तथा वित्तिय संस्थाहरुले भने उमेर हदबन्दीबाट छुटकारा पाउनेछन् । हालसम्म बैंकका सिइओ र अध्यक्षहरुका लागि उमेर हद तोकिएको थिएन् ।

राष्ट्र बैंकले अब ५० लाख भन्दा बढीको ऋणीहरुले अनिवार्य प्यान लिनुपर्ने व्यवस्था समेत कार्यान्वयनमा ल्याएको छ । यस अघि एक करोड भन्दा बढीको ऋणमा मात्रै प्यान अनिवार्य थियो । अब भने एक पटक ५० लाख भन्दा बढी ऋण लिईसकेका प्रत्येक ऋणीहरुले पुनः ऋण लिँदा पनि प्यान अनिवार्य भएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलार्ई उपलब्ध गराउने ऋणको ब्याजदर ०.५ प्रतिशतले घटाएको छ । हालसम्म ६.५ प्रतिशत ब्याजमा राष्ट्र बैंकबाट पैसा लिईरहेका बैंकहरुले अब ६ प्रतिशत मात्रै ब्याज तिर्दा हुनेछ । पुनकर्जाको ब्याजदर पनि ४ प्रतिशतबाट ३ प्रतिशतमा सिमित गरिएको छ ।

Advertisement

Advertisement

Advertisement