सुनको मूल्य ७० हजार नजिक, यस्तो छ आजको कारोबार

Advertisement

काठमाडौं । साताको तेस्रो दिन आज मंगबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबार ६७ हजार आठ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज दुई सय रुपियाँले बढेर ६८ हजार रुपियाँ कायम भएको हो ।

त्यसैगरी, महासंघले आज तेजावी सुनचाँदीको मूल्य प्रतितोलामा ६७ हजार ७०० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५८ हजार ३०० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५८ हजार ४५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ७९५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६८१ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement