कृषि विकास बैंकको नाफा ४ अर्ब ३५ करोड

Advertisement

काठमाडौं । कृषि विकास बैंकले आर्थिक वर्ष २०७५/७६ मा ४ अर्ब ३५ करोड ३२ लाख खुद नाफा कमाएको छ । ३ अर्ब ३१ करोड १३ लाख वितरणयोग्य नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा १९.१७ प्रतिशत र वितरणयोग्य नाफा ७.८२ प्रतिशतले बढेको छ।

सरकारी बैंक भए पनि महंगो निक्षेप परिचालन गरी आधार दर उच्च हुँदाहुँदै बैंकले ब्याज आम्दानी र संचालन नाफा बढाई आकर्षक वित्तीय विवरण प्रकाशन गरेको छ। हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ४४ करोड ८२ लाख पूँजी रहेको बैंकमा ९ अर्ब एक करोड ५५ लाख २९ हजार साधारण र ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपियाँ सरकारको अग्राधिकार सेयर रहेको छ।

बैंकले गत आवमा एक खर्ब १९ अर्ब ७६ करोड निक्षेप संकलन गरेर एक खर्ब १० अर्ब ७९ करोड कर्जा लगानी गरी ७ अर्ब ३७ करोड खुद ब्याज आम्दानी गरेको छ। बैंकको बेस रेट घटेर १०.५८ प्रतिशत रहेको छ । सीसीडी रेसियो ७८.७२ प्रतिशत रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी करिब ७ रुपियाँ बढेर ४४ रुपियाँ ६७ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ ३१४ रुपियाँ १८ पैसा छ । बैंकको कोषको लागत ७.१४ प्रतिशत छ।

Advertisement

Advertisement

Advertisement