आईएमई लाइफको ‘२१ घातक रोग विरुद्ध रक्षावरण' योजना सार्वजनिक

Advertisement

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘२१ घातक रोग विरुद्ध रक्षावरण’ योजना सार्वजनिक गरेको छ । कम्पनीले उक्त योजना प्रदेश नं. ५ को राजधानी बुटवलमा आयोजना भएको क्षेत्रिय तथा शाखा प्रबन्धक सम्मेलनको अवसरमा सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत कम्पनीका बीमितहरुले विभिन्न २१ घातक रोग विरुद्ध अधिकतम ५० लाखसम्मको आर्थिक सुरक्षा प्राप्त गर्न सक्नेछन् । उक्त योजना सार्वजनिक भएसँगै कम्पनीका बीमितहरु आर्थिक अभावका कारण उपचार गर्नबाट बञ्चित नहुने कुरा कम्पनीले जनाएको छ ।

यस योजना सार्वजनिक हुन ुअगावै बीमालेख लिइसकेका बीमितहरुले समेत यो योजनामा सहभागी हुन सक्ने व्यवस्था गरीएको छ । दावी भुक्तानी माग गर्दाको अवस्थामा स्वास्थ्य उपचारको रसिद पेश गर्नुपर्ने झन्झटबाट मुक्त हुने व्यवस्था रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले जानकारी दिएका छन् ।

Advertisement

Advertisement

Advertisement