ग्लोबल आइएमई बैंकको भिजा कार्डबाट अनलाइन सपिङ गर्दा लाग्ने सेवा शुल्क नलाग्ने

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो कार्डबाट अनलाइन सपिङ गर्दा लाग्ने सेवा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

ग्लोबल आइएमई बैंकको भिजा कार्ड प्रयोग गरी अनलाइन सपिङ गर्दा अबदेखि कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ । बैंकको भिजा कार्ड प्रयोग गरी दराज, किराना र ईसेवा पसल लगायत अन्य अनलाइन सपिङ साइटहरुबाट सामान खरिद गर्दा कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ ।

यसैगरी बैंकको अन्तर्राष्ट्रिय भिजा क्रेडिट कार्ड प्रयोग गरी होटल बुकिङ तथा सपिङ गर्दा लाग्ने शुल्कमा समेत पूर्ण छुट दिएको बैंकले जनाएको छ । साथै बैंकले एक महिनाभित्र भिजा डेबिट कार्डबाट समेत अनलाइन भुक्तानीको व्यवस्था गर्न गइरहेको जनाएको छ ।

बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आइरहेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले १३८ शाखा, १४८ एटिएम, ३० एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर र १७६ शाखा रहित बैंकिङ सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना ११ लाखभन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement