जापानका लागी नेपाल वायुसेवाको एजीटीमा एडभान्स ग्लोबल ट्रान्सपोर्ट नियुक्त

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले एडभान्स ग्लोबल ट्रान्सपोर्ट (एजीटी) कम्पनी लिमिटेड जापानलाई पेसेन्जर सर्भिस एजेन्ट (पीएसए) नियुक्त गरेको छ।

एजीटी, जापानको सर्वाधिक ख्याति प्राप्त ट्राभल्स एजेण्ट एचआईएस समूहबाट सम्बन्धन प्राप्त समूह रहेको निगमले जनाएको छ। समूहसँगको सहकार्ययुक्त एजीटीले नेपाल जापान उडानको निरन्ततालाई थप सशक्त पार्ने अपेक्षा गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ।

एजीटी, जापानले नेपाल जापानको उडानमा निगमलाई आवश्यक यात्रु उपलव्ध गराउने सुनिश्चितताको आधारमा एजीटीलाई पीएसए नियुक्त गरिएको छ। निगमले गर्ने व्यावसायिक उडानमा यात्रुको संख्या थप हुँदै जाँदा निर्धारित गन्तव्य प्रतिको आकर्षण बढ्ने निगमको अपेक्षा छ।

पूर्णतयारीका साथ जापानको उडान निरन्तरतालाई समेत मध्यनजर गर्दै एजीसी जापानसँगको सम्झौतालाई कार्यान्वयन गरेको छ। सन् २००८ बाट निगमको जापान उडान बन्द रहेको थियो।

निगमले नेपाल जापानको उडान प्रारम्भ गर्ने क्रममा पीएसएको रुपमा नियुक्त एजीटी कम्पनीसँगको सहकार्यले भविष्यमा दुवैको सम्बन्धमा सूदृढता एवम् व्यावसायिक दीगोपना प्रदान गर्ने विश्वास निगमले लिएको बताएको छ।

Advertisement

Advertisement

Advertisement