सुनचाँदीको मूल्य बढ्ने क्रम रोकिएन, व्यवसायी भन्छन्-अझै बढ्छ

Advertisement

काठमाडौं । साताको चौँथो दिन आज बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार ६८ हजार रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज १५ सय रुपियाँले बढेर ६९ हजार पाँच सय रुपियाँ कायम भएको हो ।

डलरको भाउ लगातार बढ्नाले सुनको मूल्यमा असर परेको सुनचाँदी व्यवसायी महासंघको भनाई छ । चीन र अमेरिकाको व्यापार युद्ध तथा कश्मिर काण्डले गर्दा सुनको मूल्य निरन्तर बढ्दै गएको सुनचाँदी व्यवसायीहरु बताउँछन् ।

कश्मिरमा भएको सुन काण्डले गर्दा भारतमा डलरको भाउ धेरै नै बढेको युरिका ईन्भेष्टमेन्टका व्यापारी प्रविन नौलाखाले बताए । उनले आइतबार मात्रै इरानले तेलको ट्यांकर रोकेको तथा भारतको जम्बु काश्मिरमा आएको राजनैतिक तनावका कारण नेपाली बजारमा सुनचाँदीको भाउ अचाक्ली बढेको उल्लेख गरे । उनले भने, ‘आइतबारमात्रै इरानले तेल बोकेको ट्यांकर नियन्त्रणमा लिएको छ, यसबाट पनि सुन महंगिएको छ ।’ उनले यसरी सुन बढ्दै जाने हो भने सेयर मार्केट तथा करेन्सी भ्यालुमा पनि असर पुग्ने पनि बताए ।

त्यसैगरी, महासंघले आज तेजावी सुनचाँदीको मूल्य प्रतितोलामा ६९ हजार २०० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५९ हजार ५८५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५९ हजार ३३० रुपियाँ कायम गरेको छ । त्यस्तै, चाँदीको मूल्य ८१० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६९४ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement