राष्ट्र बैंकको सर्कुलरले सेयर बजारमा निरन्तर पहिरो

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यान्वयनका लागि जारी गरेको सर्कुलरका कारण सेयर बजारमा पहिरो गैरहेको छ ।
राष्ट्र बैंकले बैंकहरुको नाफा २० देखि २५ प्रतिशसम्म घट्ने गरि स्प्रेडदर गणना बिधि र पुँजीकोष अनुपातको नयाँ व्यवस्था अघि सारेपछि बैंकहरुको नाफामा ह्वात्तै गिरावट आउने सन्देश बजारमा प्रवाह भएको छ ।

पुँजी बजारको सबै भन्दा ठुलो हिस्सा ओगटेका बाणिज्य बैंकहरुको नाफामा असर परेसँगै प्रतिफल समेत घट्ने भएपछि सेयर बजारमा त्यसको असर देखिन थालेको हो । मंगलबार ९ अंकले घटेको सेयर बजार बुधबार पनि ओरालो लागिरहेको छ । बुधबार पनि कारोबार आरम्भ भएदेखि नै चार अंक भन्दा बढीको गिरावट आईसकेको छ ।

राष्ट्र बैंकको सर्कुलरबारे छलफल गर्न बैंकर्स संघले बैठक डाकेको छ । बैठकमा अधिकांश बैंकका सिइओहरुले सर्कुलरको कडा आलोचना गरेका छन् । बैठकले सर्कुलर सच्याउन आग्रह गर्न सक्ने एक सिइओले बताए ।

Advertisement

Advertisement

Advertisement