नेको इन्स्योरेन्सका नयाँ सिईओ खड्काले कार्यभार सम्हाले

Advertisement

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी पदमा खड्काले कार्यभार सम्हालेका छन् । नियमनकारी निकाय बीमा समितिले नै अनैतिक र बीमा ऐनको उल्लंघन गरेको घटनाको संरक्षण गर्दै त्रुटीपूर्ण बीमा पोलिसी जारी प्रकरणमा संलग्न व्यक्तिलाई प्रमुख कार्यकारी अधिकृत नियुक्ती गर्न स्वीकृति दिएपछि नेको इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले आजदेखि कार्यभार सम्हाल्न पाएका हुन् ।

करिब २१ बर्षको बैंकिङ्ग अनुभव हासिल गरेकाका खड्का निमित्त सिईओ हुँदा कृषि विकास बैंकको बीमा गर्ने क्रममा त्रुटीपूर्ण बीमा पोलिसी जारी भएको थियो । कृषि विकास बैंकमा कोटेशनको क्रममा अजोड इन्स्योरेन्सले पेश गरेको कोटेशन अनुसार बीमा जोखिम बहन गर्ने भन्दै बीमा पोलिसी जारी गरेको र प्रिमियम नलिई भुकम्प तथा बाढी हुरीको जोखिम बहन गर्ने प्रतिबद्धता व्यक्त गरेका कारण बीमा पोलिसी विवादित बनिरहेको छ ।

नेपालको चर्चित व्यापारी उपेन्द्र महतोको लगानी रहेको स्टाण्डर्ड फाईनान्स र माछापुच्छ्रे बैंकमा लामो समय काम गरेका खड्का विगत ५ वर्षअघि बीमा क्षेत्रमा फड्को मारेका हुन् । नेको इन्स्योरेन्स समेत महतो समुहकै लगानी रहेको कम्पनी हो ।

Advertisement

Advertisement

Advertisement