लक्ष्मी बैंकको नाफामा ३३ प्रतिशतको वृद्धि

Advertisement

काठमाडौं । लक्ष्मी बैंकले गत वर्षको चौथो त्रैमासिकको वित्तिय प्रगति विवरण प्रकाशन गर्दे व्यवसायको आकारमा वृद्धि गरेर खुद मुनाफामा ३३ प्रतिशत माथि बढाएको छ । बैंकको केही सूचकहरु भने कमजोर नै देखिन्छ । बैंकले आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ५७ करोड ६० लाख खुद नाफा गरेको जनाएको छ । बैंकले अगिल्लो वर्षको सोही अवधिको नाफा १ अर्ब १८ करोड १० थियो ।

यो अवधिमा ७९ अर्ब ७४ करोड निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी ७५ अर्ब २२ करोड रहेको छ । अगिल्लो वर्ष बैंकले ५९ अर्ब ८३ करोडको कर्जा लगानी गरेको थियो भने ६५ अर्ब ५६ करोड निक्षेप संकलन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद नाफा ३३.४४ प्रतिशत बढेर एक अर्ब ५७ करोड पुगेको छ भने एक अर्ब १५ करोड बराबरको वितरणयोग्य मुनाफा आर्जन गरेको छ । वितरणयोग्य मुनाफाबाट बैंकको सेयरधनीलाई १२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्नेछ।

त्यसैगरी, बैंकको जगेडा कोषमा २ अर्ब १६ करोड स्थिर रहेको छ भने शेयरधनी कोष ७६ करोडबाट एक अर्ब ५५ करोडमा बढेको छ । अघिल्लो आवको तुलनामा बैंकको कर्मचारी र अन्य सञ्चालन खर्च क्रमश ३० र ४० प्रतिशतले बढेको छ। यस अवधिमा बैंकको आधार ब्याजदर र कोषको लागत अघिल्लो आवको तुलनामा घटेर क्रमश १०.३१ प्रतिशत र ७.०१ प्रतिशत कायम भएको छ । यस्तै निष्कृय कर्जा अनुपात पनि १.११ मा झरेको छ ।

बैंकको वार्षिक प्रतिसेयर आम्दानी १७ रुपियाँ ६७ पैसा, प्रतिसेयर नेटवर्थ १४१ रुपियाँ ६७ पैसा र मूल्य आम्दानी अनुपात १२.७९ गुणा रहेको छ ।

Advertisement

Advertisement

Advertisement