अन्तर्राष्ट्रिय क्रिकेट वरियतामा धोनी र गेललगायतलाई पारसले उछिने

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले विश्वचर्चित खेलाडीहरुलाई उछिन्न सफल भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सार्वजनिक गरेको नयाँ वरियतामा पारसले वेस्ट इन्डिजका क्रिस गेल, भारतमा महेन्द्रसिंह ध्वनीसहित अन्य थुप्रैलाई पछि पार्न सफल भएका छन् ।

आईसीसीद्वारा घोषित टीट्वन्टी खेलाडीको अलराउन्डर वरियतामा पारस २५औं स्थानमा उक्लिन सफल भएपछि गेलबाहेक न्युजिल्यान्डका कोलिन डी ग्रान्डहोम, इङ्ल्यान्डका डेभिड विली, जोए रुट, बेन स्टोक्स र मोइन अली, पाकिस्तानका इमाद वसिम, श्रीलंकाका इसुरु उडना, दक्षिण अफ्रिकाका क्रिस मोरिस, भारतका रोहित शर्मालगायतलाई उछिनेका छन् ।

यसअघिको टीट्वेन्टी अलराउन्डर वरीयतामा पारस ३९औं स्थानमा थिए। साथै, पारस टीट्वेन्टी ब्याटिङ वरीयतामा भारतका पूर्व कप्तान महेन्द्रसिंह ध्वनी, वेस्ट इन्डिजका क्रिस गेल, भारतका सुरेश रैना, श्रीलंकाका कुशल मेन्डिस, पाकिस्तानका अहमद सेहजाद, जिम्बाबेका ब्रेन्डन टेलर, न्युजिल्यान्डका कोरी एन्डर्सनलाई पछि पार्दै पारस ६६औं स्थानमा उक्लिन सफल भएका छन्।

आईसीसीद्वारा मंगलबार राति सार्वजनिक गरेको टीट्वेन्टी ब्याटिङ वरीयतामा पाकिस्तानका बाबर आजम पहिलो र न्युजिल्यान्डका कोलिन मुनरो दोस्रो स्थानमा छन् भने टीट्वेन्टी अलराउन्डर वरियतामा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल पहिलो, बंगलादेशका सकिब अल हसन दोस्रो छन् । टीट्वेन्टी टिम वरीयतामा भने नेपाली टोली ११औं स्थानमा छ।

Advertisement

Advertisement

Advertisement