सुनचाँदीको मूल्य आकाशियो, आज पनि सुन प्रतितोला पाँच सयले  बढ्यो

Advertisement

काठमाडौं । साताको पाँचौँ दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबार प्रतितोला ६९ हजार पाँच सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज पाँच सय रुपियाँले बढेर प्रतितोला ७० हजार रुपियाँ कायम भएको हो ।

डलरको भाउ लगातार बढ्नाले सुनको मूल्यमा असर परेको सुनचाँदी व्यवसायी महासंघको भनाई छ । चीन र अमेरिकाको व्यापार युद्ध तथा कश्मिर काण्डले गर्दा सुनको मूल्य निरन्तर बढ्दै गएको सुनचाँदी व्यवसायीहरु बताउँछन् ।

त्यसैगरी, महासंघले आज तेजावी सुनचाँदीको मूल्य प्रतितोलामा ६९ हजार ७००रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार १५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५९ हजार ७७० रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८२५रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७०७ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement