समायोजन भएर गएका कर्मचारीलाई स्थानीय तहमा काम गर्न अवरोध, कर्मचारी फर्किएर सिंहदरबारमा धर्ना बसे

Advertisement

काठमाडौं । सरकारले समायोजन गरी स्थानीय तहमा काम गर्न पठाएका कर्मचारीहरुले स्थानीय तहमा अवरोध भएपछि फर्किएर सिंहदरबारमा धर्ना बसेका छन् । स्थानीय तहले आफूहरु कर्मचारी भर्ना गर्न पाउनुपर्ने भन्दै केन्द्र पठाएका कर्मचारी अस्वीकार गरेपछि उनीहरु सिंहदबार फर्किएका हुन् ।

कर्मचारीहरूले अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिइरहेका छन्। काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा समायोजनमा परेका सयौं कर्मचारीलाई काम गर्न नदिइएको हो । उनीहरुले आफूलाई खटाइएको कार्यालयमा हाजिर गर्न नदिइएकोले मन्त्रालयमा धर्ना बस्न बाध्य भएको बताएका छन् ।

उनीहरुले मन्त्रालयका सचिवले कर्मचारीहरू खटिएकै स्थानमा हाजिर भइ काम गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाए पनि त्यसो हुन नसकेको भन्दै सरकारले आफूहरुलाई बिच्चलीमा पारेको बताएका छन् । स्थानीय तहमा आफूहरुले चाहेअनुसार जातीय हिसावमा कर्मचारीहरु भर्ना गर्न पाउनुपर्ने तर्क गर्दै आएका छन् ।

Advertisement

Advertisement

Advertisement